
प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको बहुआयामिक पक्ष भएकाले यसलाई दिनचर्या बनाउने आग्रह गरेका छन्। ‘सिंगो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ भन्ने नाराका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित ११औँ विश्व योग दिवसमा उनले योगको सम्बन्ध मानव जाति र शान्तिसँग रहेको भन्दै योग मानव जातिको कल्याण, विश्वशान्ति, सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि मुलुकले गर्ने कार्य हो भने।
‘योगका आठवटा सूत्रहरुमध्ये अथक योग अनुशासन आवश्यक छ, आज नेपाली समाज अनुशासनबाट टाढा छ, अनुशासन विना ध्यान हुँदैन, असल कुरामा स्थिर हुनु नै योगको निष्कर्ष हो, बुद्धिसहितको योग आवश्यक छ,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले हामीले योगलाई दैनिकचर्यासँग जोडेर हरेकलाई योगी बनाउन खोजेका हौँ भन्दै आरोग्यको कुरा गर्दा खानपान, योग र आरामको सन्तुलनलाई ध्यान दिनुपर्छ भन्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले योग र ब्रह्माचार्य भनेको समाजले दिएको जैविक र मानवीय आवश्यकता नै पूरा नगर्ने भन्ने होइन भने ।