१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 21 June, 2025
Invalid date format o७:४८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

क्लब विश्वकपमा छैनन् दर्शक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:४८:oo
  • फिफाको प्राथमिकतामा रहेको क्लब विश्वकप फुटबल प्रतियोगितामा विश्वप्रसिद्ध क्लबबिच प्रतिस्पर्धा भइरहँदा रंगशालामा दर्शकको उपस्थिति निराशाजनक

फुटबलको सर्वोच्च निकाय फिफाले क्लब लेभलको फुटबल प्रतियोगिता पनि विश्वस्तरीय र प्रतिस्पधात्मक हुनुपर्ने मान्यता राखेको छ । अमेरिकामा गत सातादेखि सुरु भएको क्लब विश्वकप फुटबल प्रतियोगिताको यसको उदाहरण हो । फिफा अध्यक्ष जिआनो इन्फाटिनोले क्लब विश्वकपमा ३२ टोलीबिच प्रतिस्पर्धा हुँदा यसको हाइट बढ्ने विश्वास गरेका थिए । चौतर्फी दबाबबिच उनले सहभागी संख्या मात्र बनाएनन्, विश्वका स्टार खेलाडीले भरिएको क्लबलाई पनि सहभागीको अवसर दिए ।

पहिला महादेशीय च्याम्पियन क्लबबिच मात्र क्लब विश्वकप हुने गर्थ्यो । फिफा अध्यक्ष इन्फाटिनाले यसपटकदेखि महादेशीय मात्र नभएर अन्य बलिया क्लबलाई समावेश गराए । युरोपियन च्याम्पियन्स लिग विजेता पिएसजी, बायर्न म्युनिख, चेल्सी, इन्टर मिलान, बोरुसिया डर्टमुन्ड, एफसी पोर्टो, इन्टर मियामी, रियल म्याड्रिड र म्यानचेस्टर सिटीजस्ता विश्वप्रसिद्ध क्लबहरूले अमेरिकामा चलिरहेको क्लब विश्वकपमा प्रतिस्पर्धा गरिरहेका छन् । थोमस मुलर, केलिय एम्बाप्पे, लियोनल मेसी र हामिकीजस्ता खेलाडी यतिवेला क्लब विश्वकपमा व्यस्त भइरहेका छन् । 

रंगशालाको मैदानमा युरोपियनलगायत अन्य महादेशका स्टार खेलाडीले प्रतिस्पर्धा गरिरहँदा उनीहरूको खेल हेर्ने दर्शक खासै छैनन् । आयोजक तथा फिफालाई यसै पक्षमा टाउको दुखाइ बनेको छ । प्रतियोगिताअघि रंगशालाको टिकट बिक्री आकर्षक रहेको जनाएको थियो । फिफाले क्लब विश्वकपका लागि १५ लाख टिकट बिक्री भएको दाबी गरेको छ । 

आयोजक र फिफाले भनेको जस्तो रंगशालामा दर्शक आएका छैनन् । चेल्सी र अमेरिकी क्लब लस एन्जलस एफसीबिचको प्रतिस्पर्धामा हजारौँ खाली सिट खाली नै रहे । यो रंगशालाको क्षमता ७१ हजार दर्शकको हो । चेल्सी र लस एन्जलसबिचको खेलमा २२ हजार एक सय ३७ दर्शकले मात्र हेरे ।

महँगो टिकट 
रंगशालामा दर्शकको संख्या कम हुनुमा आलोचकले दुई पक्ष प्रमुख मानेका छन् । एउटा आयोजकले टिकट मूल्य चर्को बनाएको थियो । जसका कारण आमअमेरिकनले टिकट किन्ने अवस्था नै छैन । हाइप्रोफाइल खेलका लागि मात्र दर्शकले टिकट किन्ने गरेका छन् । अन्य सामान्य क्लबबिचको खेलमा लगभग रंगशाला खाली नै रहेको अवस्था छ । अर्को फिफाका अध्यक्ष इन्फाटिनोले जति क्लब विश्वकपलाई प्राथमिकता राखेर टोली संख्या बनाए, उनले यसको प्रचारप्रसारमा ध्यान नदिएको आरोप छ । ‘क्लब विश्वकपमा फिफाले यसको प्रचारप्रसारमा खासै ध्यान दिएन,’ आयोजकहरूले भनेका छन्, ‘जब तपार्इं प्रतियोगिताको ब्रान्डिङ गर्नुहुन्न भने यसबारे थोरैलाई मात्र थाहा हुन्छ, त्यस अवस्थामा रंगशाला खाली हुने नै भयो ।’ फेरि अमेरिकन जनताले अर्को वर्ष मेक्सिको, क्यानडा र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपका लागि बजेट बचाएको अनुमान छ ।