१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 20 June, 2025
Invalid date format ११:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा २७ वर्षका युवा पक्राउ  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४८:oo

४० वर्षकी एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा स्याङ्जा प्रहरीले २७ वर्षका एकजना युवालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा स्याङ्जा फेदीखोला गाउँपालिका– ३, कराम्दी बस्ने वर्ष २७ को सूर्य मिजार रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए ।

बुधबार दिउँसो करिब १४:३० बजेको समयमा परिवर्तित जिल्ला ४० स्थित परिवर्तित नाम (०८१/०८२ आँधीखोला १८०) ४० वर्षीया महिलालाई घरमा बसिरहेको अवस्थामा मिजारले जबर्जस्ती करणी गरेको भन्ने पीडितको जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको चौधरीले जानकारी दिए । 

पीडितको जाहेरीपछि खोजतलास गर्ने क्रममा लुकिछिपी हिँड्दै गरेको अवस्थामा बिहीबार फेदीखोला गाउँपालिकास्थित आरुखर्कबाट नियन्त्रणमा लिई स्याङ्जा जिल्ला अदालतबाट जबर्जस्ती करणीको कसुरमा सात दिन म्याद थप अनुमति लिई कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।