
टी–२० आई सिरिज जित्ने लक्ष्यका साथ आज नेपाल र स्कटल्यान्डबिच अन्तिम खेल हुँदै छ। उक्त खेल स्कटल्यान्डको ग्लासग्लोमा बेलुका ७:४५ बजे सुरु हुनेछ ।
जारी सिरिजमा नेपालले हालसम्म दुई खेल जितेको छ भने स्कटल्यान्ड एउटा खेलमा मात्र विजयी भएको छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो। नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई दुई विकेटले हराएको थियो । बिहीबार सम्पन्न तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई
६ विकेटले पराजित गरेको थियो।
यसैगरी, स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो । दोस्रो खेलमा स्कटल्यान्ड नेपालसँग दुई विकेटले पराजित भएको थियो । तेस्रो खेलमा स्कटल्यान्डलाई नेदरल्यान्ड्सले १७ रनले हराएको थियो ।