१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 19 June, 2025
नयाँ पत्रिका काभ्रेपलाञ्चोक
Invalid date format १९:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

पुलको फलाम चोरी प्रकरणः वडाध्यक्षलाई थुनामा पठाउने आदेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
Invalid date format १९:५१:oo

काभ्रेपलाञ्चोकको रोशी खोलाको क्षतिग्रस्त पुलका पाटपुर्जा बिक्री गर्न खोजिएको घटनामा पक्राउ परेका रोशी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष अशोककुमार गौतम जेल चलान भएका छन्। जिल्ला अदालत, काभ्रेपलाञ्चोकका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। 

वडाध्यक्ष गौतमसहित टिपरचालक मानबहादुर तामाङ र रमेश तामाङ तथा कबाडी संकलकहरू मन्टुकुमार र जितेन्द्र पासवानलाई प्रहरीले गत १२ जेठमा पक्राउ गरेको थियो। अदालतले वडाध्यक्ष गौतम र कबाडी व्यवसायी मन्टुकुमारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएअनुसार उनीहरूलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मीनबहादुर घलेले बताए। चालकहरूलाई भने बुधबार नै सरकारी वकिल कार्यालयले तारेखमा छाडेको थियो ।

त्यस्तै, कवाडी व्यवसायीका कर्मचारी जितेन्द्र पासवानसँग २० हजार रुपैयाँ धरौटी माग भएको जिल्ला अदालतका स्रेस्तेदार कर्णबहादुर राईले बताए। 

सो घटना अनुसन्धानको क्रममा नमोबुद्ध नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष केसीको पनि संलग्नता देखिएपछि उनलाई पनि प्रहरीले पक्राउ गर्न अदालतबाट अनुमति लिइसकेको छ। उनी भने फरार छन्।  दुई वडाको पत्रका आधारमा बाढीले बगाएको पुलको पाटपुर्जा कबाडीलाई बिक्री गर्न खोज्ने क्रममा विवाद भएपछि स्थानीयले प्रहरीलाई खबर गरी पक्राउ गराएका हुन्।  

गत असोजको बाढीले सो पुल बगाएको थियो। पुलका पाटपुर्जा नदीकिनारमै रहेकोमा चोरी हुँदै आएको थियो। रोशी र नमोबुद्धको सिमानामा पर्ने सो पुलका पाटपुर्जा बिक्री गर्न दुई वडाका अध्यक्षबिच सहमति भएको थियो। तर, कार्यपालिकाबाट निर्णय नगरी कबाडी व्यवसायीलाई पत्र दिइएको थियो। बिक्री प्रक्रिया शंकास्पद देखिएपछि घटना प्रहरीसम्म पुगेको हो। रोशी–७ का वडाध्यक्ष गौतम माओवादी केन्द्रबाट निर्वाचित हुन् भने नमोबुद्ध–६  का केसी कांग्रेसबाट निर्वाचित हुन्।