
नेदरल्यान्ड्सविरुद्ध जारी खेलमा नेपालले तेस्राे सफलता पाएको छ। ललित, दीपेन्द्र र रूपेश सिंहले एक-एक विकेट लिएका हुन्।
ललितनारायण राजवंशीले पहिलो ओभरमा एक रन मात्रै दिएर पहिलो विकेटका रूपमा ओपनर विक्रमजित सिंहलाई पेभेलियन पठाएका थिए।
चाैथाे ओभरमा बलिङका लागि आएका दीपेन्द्रसिंह ऐरीले ओभरको पहिलो बलमै विकेट लिए। रूपेशले पनि पाँचाैँ ओभरकाे पहिलाे बलमै एक विकेट लिए।