१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 19 June, 2025
Invalid date format ११:३७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जापानबाट फर्किएर अंगुर खेती 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:३७:oo
  • जर्मनीबाट पाँच हजार बिरुवा ल्याएर सुरु गरेको तनहुँस्थित फार्ममा डिभिको, चार्डोनी, अर्काडिया, सोन्जा, सोफिया, अन्टेरियालगायत २१ प्रजातिका अंगुर

घिरिङ गाउँपालिका– ४, बाह्रबिसेको एउटा फार्ममा यतिवेला कालो र हरियो अंगुर लटरम्मै फलेको छ । बोटैभरि अंगुर फलेको देखेपछि हेर्न र खान जाने मानिसको भिड पनि उसैगरी बढेको छ । त्यहाँ पुगेर उनीहरू फोटो खिच्छन्, टिकटक बनाउँछन् । दैनिक ४० देखि ५० जना त्यहाँ अवलोकनका लागि पुग्ने गरेका छन् । यसरी बोटैभरि अंगुर फलाउने कृषक हुन्, कुमार कार्की ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका– ३ निवासी कार्कीले घिरिङ, बाह्रबिसेमा व्यावसायिक अंगुर खेती गरेका हुन् । ०७७ मा घिरिङमा जग्गा खरिद गरेका कार्कीले घिरिङ भिनेयर्ड एग्रो रिसर्च सेन्टर दर्ता गरी व्यवसाय सुरु गरेका हुन् ।

सोही व्यवसायबाट पछिल्लो समय उनले राम्रो आम्दानी गर्दै आएका छन् । कार्कीले ७० रोपनी जग्गामा डिभिको, चार्डोनी, अर्काडिया, सोन्जा, सोफिया, अन्टेरियालगायत २१ प्रजातिका अंगुर लगाएका छन् । पाँच वर्षअघि सुरु गरिएको अंगुर खेतीले राम्रै प्रतिफल दिन थालेपछि कार्की पनि उत्साहित छन् । सात वर्षअगाडि जापान गएर पर्यटन क्षेत्रमा काम गरेका कार्कीले फर्किएपछि स्वदेशमै बसेर केही गरौँ भन्ने लागेर अंगुर खेती गरेको सुनाए ।

सुरुमा औद्योगिक क्षेत्र बनाएपछि पर्यटनसँग जोड्ने उनको लक्ष्य छ । ‘कृषि सम्भावना भएकाले पहिला परीक्षण गर्‍यौँ । परीक्षण सफल भएपछि अंगुर खेती गरिएको हो,’ उनले भने । सुरुमा खेती गर्दा २५ लाखको बिरुवा जर्मनीबाट ल्याएको उनको भनाइ छ ।

यहाँ उत्पादित अंगुरबाट वाइन बनाउने गरिएको फार्म सञ्चालक कार्की बताउँछन् । रेड, ह्वाइट र रोज वाइन उत्पादन गरी बजारमा बिक्री गर्न थालिएको उनले जानकारी दिए । ‘वाइन प्रतिबोतल एक हजार दुई सयमा बिक्री गर्दै आएका छौँ,’ उनले भने, ‘अहिले नेपालमा मात्रै बिक्री गरिएको छ । बिस्तारै बाहिर निर्यात गर्ने तयारीसमेत छ ।’

कार्कीका अनुसार वार्षिक ५० हजार बोतल वाइन उत्पादन हुँदै आएको छ । यो परिमाणलाई बढाउँदै लैजाने र अन्यत्र पनि निर्यात गर्ने योजना उनले सुनाए । जर्मनीबाट त्यतिवेला प्रतिबिरुवाको पाँच सय रुपैयाँमा पाँच हजार बिरुवा ल्याएर व्यवसाय सुरु गर्नुको मुख्य उद्देश्य भने वाइन बनाउने रहेको उनले बताए । ‘नेपालमा व्यावसायिक खेती गरेर नाफा कमाउनेभन्दा पनि वाइन बनाउने उद्देश्यले फार्म सञ्चालन गरिएको हो,’ उनी भन्छन्, ‘फार्ममा अहिले चारजनाले स्थायी र २० जनाले ज्यालादारीमा काम गर्दै आएका छन् ।’