१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 19 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:o९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बिग बास लिगको ड्राफ्टमा नेपालका ६ खेलाडी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:o९:oo

अस्ट्रेलियामा आयोजना हुने बिग बास लिगको विदेशी खेलाडी ड्राफ्टमा नेपालका ६ खेलाडी परेका छन् । १५औँ संस्करणको बिग बासमा विदेशी खेलाडीको ड्राफ्ट बुधबार सार्वजनिक भएको हो । जसमा नेपालका सन्दीप लामिछाने, देव खनाल, शेर मल्ल, विपिन शर्मा, आरिफ शेख र अर्जुन साउद ड्राफ्टमा परेको बिग बासले जनाएको छ । 

नेपालका पूर्वकप्तान तथा लेग स्पिनर लामिछानेले यसअघि बिग बास लिग खेलिसकेका छन् । पछिल्ला सिजन भने उनी लिगमा आबद्ध थिएनन् । उनले बिग बासमा मेलबर्न स्टार र होर्बट हरिकेन्सबाट खेलिसकेका छन् । लिगमा उनले ४३ खेलमा ४८ विकेट लिएका छन् । ड्राफ्टका लागि खेलाडी स्वयंले आफ्नो न्यूनतम तलब राख्दै मनोनयन गरेका छन् । 

यद्यपि, सहभागी फ्रेन्चाइज टोलीले माथिल्लो श्रेणीमा छनोट गर्न सक्छन् । खेलाडीले श्रेणीअनुसार न्यूनतम एक लाख ३० हजार अस्ट्रेलियन डलरदेखि अधिकतम चार लाख २० हजार अस्ट्रेलियन डलर तलब पाउनेछन् । प्रत्येक टोलीले कम्तीमा दुई र बढीमा तीन विदेशी खेलाडी छनोट गर्न सक्छन् । ड्राफ्टको अन्त्यसम्ममा टोलीमा तीन विदेशी खेलाडी हुनेछन् । बिग बासमा एडिलेड स्ट्राइकर्स, ब्रिसबेन हिट, होबार्ट हरिकन्स, मेलबर्न रेनेगेड्स, मेलबर्न स्टार्स, पर्थ स्कर्चर्स, सिड्नी सिक्सर्स र सिड्नी थन्डर गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।