१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ४ बुधबार
  • Wednesday, 18 June, 2025
दीपक भट्ट रामेछाप
२o८२ असार ४ बुधबार १o:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तामाकोशी नदीमा करेन्ट लगाएर माछा मार्ने पाँच पक्राउ

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८२ असार ४ बुधबार १o:१४:oo

तामाकोशी नदीमा मंगलबार राति विद्युतीय करेन्ट लगाएर माछा मार्ने पाँचजना युवालाई प्रहरीले पक्राउ गरेको छ।मन्थली नगरपालिका– ६, भजुवाजोरस्थित तामाकोशी नदीमा करेन्ट लगाई स्थानीय युवाहरूले गैरकानुनी तरिकाले माछा मार्दै गरेको भन्ने सूचना प्रहरीकोमा गरेपछि जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटेको प्रहरीको टोलीले घटनास्थलबाट माछा मार्न प्रयोग गरिएको ब्याट्री, तार, जाल र माछासहित पाँचजना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पक्राउ पर्नेमा मन्थली नगरपालिका– ६ का ३९ वर्षीय ललितबहादुर माझी, २० वर्षीय प्रेम माझी, ३६ वर्षीय राजन माझी, २७ वर्षीय भारतबहादुर माझी र ३६ वर्षीय आशिष माझी रहेका छन्। पक्राउ परेका उनीहरूलाई जलचर संरक्षण ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। 

करेन्ट लगाएर माछा मार्नु गैरकानुनी कार्य हो। करेन्ट प्रयोग गरी कुनै जलचर समात्न तथा मार्न झन्डै अढाई दशकअघि नै प्रतिबन्ध लगाइएको छ। २०५५ सालमा संशोधन गरिएको जलचर संरक्षण ऐनमा कुनै व्यक्तिले पनि कुनै जलमा रहेको कुनै जलचरलाई समात्ने तथा मार्ने अभिप्रायले जानीजानी त्यस्तो जलमा वा त्यसको आसपासमा कुनै पनि विद्युतीय धार (करेन्ट), विस्फोटक पदार्थ वा विषालु पदार्थको प्रयोग गरी जलचर प्राणी मारेमा त्यस्तो व्यक्तिलाई ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। 

नदीमा करेन्ट लगाएर माछा मार्दा नदीमा रहेका अन्य सबै जलचर जीवहरू नष्ट हुने गरेका छन् । सरकारले कानुन निर्माण गरे तापनि बर्सेनि नदीमा करेन्ट लगाएर माछा मार्ने क्रम बढ्दो छ। केही समयअघि मन्थली नगरपालिका– ७ गाईखुरास्थित तामाकोशी नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको करेन्ट लागेर ज्यानसमेत गएको थियो ।