
चन्दननाथ नगरपालिका– ७ स्थित खल्लाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ भने चारजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोहित रसाइलीका अनुसार गएराति चन्दननाथ नगरपालिकाको एयरपोर्टबाट चन्दननाथ– ९ तलिउमतर्फ जाँदै गरेको लु.२त १११५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा घाइते भएका चन्दननाथ– ९ का ४८ वर्षीय जोखी सार्कीको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
सो दुर्घटनामा घाइते हुनेमा चन्दननाथ–९ तलिउमका २९ वर्षीया देबु सार्की, ३५ वर्षीया मैनामुरली सार्की, ४८ वर्षीया रंगा सार्की र ट्रयाक्टर चालक २२ वर्षीय सन्तोष सार्की रहेको प्रहरी निरीक्षक रसाइलीले जानकारी दिए। घाइतेहरूको सो प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।