१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 08 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:५९:oo
Read Time : > 1 मिनेट
साहित्य

वियोगी रचित कथा सङ्ग्रह ‘सत्यम्’को लोकार्पण   

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:५९:oo

साहित्यकार एवं पत्रकार लक्ष्मण वियोगीले रचना गरेको कथा सङ्ग्रह ‘सत्यम्’को शनिवार लोकार्पण भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमका बीच प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. गोविन्दराज भट्टराई, समालोचकद्वय डा. अशोक थापा तथा अनुपमा रेग्मी, साहित्य अकादमी पुरस्कार (भारत) बाट पुरस्कृत समालोचक ज्ञानबहादुर क्षेत्री एवं लेखकले संयुक्तरूपमा कृतिको लोकार्पण गरे।

कार्यक्रममा प्रा.डा. श्रेष्ठले नेपाली साहित्यमा वियोगीको नयाँ कथा कृति ‘सत्यम्’को जन्मले कृतिको सङ्ख्या थपिएको मात्रै नभई एक उत्कृष्ठ कथाहरूको सङ्ग्रह आएको बताए ।
प्रा.डा. भट्टराईले नेपाली साहित्यमा एक प्रखर र उत्कृष्ट कथासङ्ग्रहको रूपमा सत्यम् आएको बताए । यसले साहित्यानुरागीबीच नयाँ छाप छोड्ने अपेक्षा रहेको पनि उनको भनाई थियो ।

समाचोलक डा. थापाले पत्रकारिता पेशामा रहेका वियोगीले समाचार तथा फिचरमा लेख्न नमिलेका र लेख्न नसकेका विषयसमेत कथाकृतिमा झल्किने गरी उतारेको बताए । पारिवारिक विखण्डन, वैदेशिक रोजगारी र त्यसले समाजमा पारेको असरजस्ता विषयसमेत सत्यम्ले उठाएको उनको टिप्पणी छ। 

समालोचक अनुपमा रेग्मीले वियोगीको कथाकृति ‘सत्यम्’मा विगतको माओवादी द्वन्द्व, स्थानीय भाषिकाको प्रयोग, पश्चिमेली लोकगीत तथा संस्कृति, प्रेम, पर्यावरणजस्ता विषयको मिहिन भावसहितको चित्रण पाइने बताइन् । समग्रमा कथाकृतिले नयाँ शैली अँगोलेकोले उनले बताइन् । 

समालोचक तथा भारतको साहित्य अकादमी पुरस्कारबाट पुरस्कृत क्षेत्रीले वियोगी ‘हिमाललाई ढाक्यो कान्छा हिउँको पछ्यौरीले..’ बोलको गीतबाट यसअघि नै सफल गीतकारको रूपमा स्थापित भइसकेको प्रसङ्ग सुनाएका थिए । उनले वियोगीको बहुविधात्मक प्रतिभा अहिले कथामार्फत प्रस्फुटित भएको धारणा राखेका थिए ।

पहिलो कथाकृतिको जन्म दिँदै गर्दा वियोगी आफ्ना आमा–बुबालाई सम्झेर भावुक भएका थिए । 

‘म कथाकार वा लेखक बनुँला÷नबनुँला,’ उनले भने, ‘सबैभन्दा ठूलो कुरा धेरैले मलाई गर्नुभयो र त्यही दिशानिर्देशले नै आज यो ठाउँमा छु, म सबैप्रति आभारी छु । मैले सत्यम्लाई होइन, सत्यम्ले मलाई चिनाइदिए पुग्छ ।’

साहित्य क्षेत्रमा कथाका अलावा निबन्ध, नियात्रा, कविता तथा गीतमा समेत कलम चलाउँदै आएका उनको यो पहिलो कथा–कृति हो ।

करिब २ दशकदेखि पत्रकारितामा सक्रिय वियोगीसँग विगतमा नेपाल समाचारपत्र, नागरिक दैनिक लगायतमा काम गरेको अनुभव छ । हाल उनी ऊर्जा सम्बन्धी अनलाइन तथा अर्धवार्षिक पत्रिका ‘ऊर्जा खबर’को सम्पादक छन् ।

उनका शब्द सिर्जनामा करिब एक दर्जन जति आधुनिक तथा लोक–आधुनिक गीत रेकर्ड भएका छन् ।