१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 08 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:५o:oo
Read Time : < 1 मिनेट
सप्तरंग

गीतकार खतिवडाको “दुःख सुनाएर के काम?“ गीत सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:५o:oo

गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा आधारित नयाँ गीत “दुःख सुनाएर के काम?“ सार्वजनिक गरिएको छ। चर्चित संगीतकार दीपक शर्माको संगीत तथा गायक स्वरूपराज आचार्यको स्वरमा सजिएको उक्त गीत नमस्ते नेपाल डिजिटल स्टुडियो को प्रस्तुतिमा युट्युबसहित विभिन्न अन्तर्राष्ट्रिय अडियो तथा भिडियो स्ट्रिमिङ प्लेटफर्महरूमा उपलब्ध गराएको हो। 

गीतमार्फत मानवीय संवेदनशीलता, सामाजिक यथार्थ र मानिसको भावनात्मक अवस्था उजागर गरिएको छ। गीतमा जीवनका कठिन पलहरूमा मानिसले दुःख, पीडा र निराशा साझा गर्दा प्रायः सच्चा साथ पाउन कठिन हुने यथार्थ चित्रण गरिएको छ।

गीतका शब्दहरूमा उल्लेख छ— “साथ मागेर के काम? चाहिदा खेरी पाइँदैन भने!“ जसले स्वार्थी सोच र मानवीय संवेदनहीनता विरुद्ध गहिरो सन्देश दिन्छ। 
गीतकार खतिवडाले गीतमार्फत सकारात्मक सोच भएका व्यक्तिहरूबाट सकारात्मक ऊर्जा प्रवाह हुने र नकारात्मक प्रवृत्तिका मानिसबाट टाढा रहनु उपयुक्त हुने सुझाव दिएका छन्। अरूको कुरा काट्दै हिँड्ने व्यक्तिहरूबाट उत्पन्न हुने नकारात्मक उर्जाले व्यक्तिगत जीवनमा पनि असर पार्न सक्ने कुरालाई गीतले दार्शनिक रूपमा प्रस्तुत गरेको छ। 

गीतकार नारायण खतिवडा यसअघि पनि “स्वार्थी संसार,“ “स्वदेश छोडी,“ “मनका कुरा,“ “बिन्दास,“ “सन्देश पुर्याइदेउ,“ “मेरो कथा“ लगायतका दर्जनौं गीतमार्फत नेपाली संगीत क्षेत्रमा सक्रिय रहँदै आएका छन्र उनको गीति संग्रह “सम्झनाका पाइलाहरू“ मा १०९ वटा गीत समावेश छन्। 

सरकारी सेवामा कार्यरत खतिवडा सामाजिक परिवेश, समसामयिक अवस्था, राष्ट्र र राष्ट्रियताको भावना, संयोग र वियोगको अनुभूति तथा यथार्थ घटनालाई कलात्मक रूपमा प्रस्तुत गर्दै आएका खतिवडा  सशक्त गीतकारका रूपमा परिचित छन्।