१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
Invalid date format १४:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्त्री यादवद्वारा बकर इदको अवसरमा मुस्लिम समुदायसँग शुभकामना आदान–प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:४४:oo

 खानेपानीमन्त्री प्रदीप यादवले मुस्लिम धर्मावलम्बीको दोस्रो ठुलो पर्व बकर इद (इद–उल–अजहा) को अवसरमा वीरगन्जस्थित मुस्लिम समुदायसँग शुभकामना आदान–प्रदान गरेका छन्। आज बिहान वीरगन्ज पुगेका मन्त्री यादवले मुस्लिम धर्मावलम्बीहरूसँग बकर इद (इद–उल–अजहा) पर्वको अवसरमा शुभकामना आदान–प्रदान  गरेको  मन्त्री यादवको स्वकीय सचिवालयले जनाएको छ।

उनले इदको अवसरमा मुस्लिम समुदायको मौलिक परम्परा र धर्मावलम्बीप्रति सम्मान व्यक्त गर्दै देशको सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता अझ सुदृढ होस् भन्ने कामना व्यक्त गरेका थिए। ‘हाम्रो देश बहुजातीय, बहुभाषिक र बहुधार्मिक विविधताले भरिएको छ,’ मन्त्री यादवले भने, ‘बकर इद जस्ता पर्वहरूले हामीबिचको आत्मीयता, सहिष्णुता र भाइचाराको सम्बन्ध झनै प्रगाढ बनाउँछ।’

बकर इद, जसलाई इद–उल–अजहा पनि भनिन्छ, मुस्लिम समुदायले रमजान पर्वपछि ७०औँ दिनमा मनाउने परम्परा छ। यो पर्वको दिन बिहानै स्नान गरी मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा रहेको छ। नमाजपछि एक–आपसमा अँगालो मार्दै शुभकामना आदान–प्रदान गरिन्छ।

वीरगन्जको विभिन्न मस्जिद र इदगाह क्षेत्रमा आज बिहानैदेखि धार्मिक उल्लाससाथ नमाज अदा गरिएको थियो। बकर इद (इद–उल–अजहा)को अवसरमा मन्त्री यादवको उपस्थिति मुस्लिम समुदायप्रति सरकारको सम्मान र सहभागिताको प्रतीकका रूपमा लिइएको मुस्लिम समुदायहरूले बताएका छन्।