१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २३ शुक्रबार
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २३ शुक्रबार o७:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अब त्रिविमा फास्ट ट्रयाकबाट प्राध्यापक र कर्मचारी भर्ना गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २३ शुक्रबार o७:३५:oo

त्रिभुवन विश्वविद्यालयले अब फास्ट ट्रयाकमा प्राध्यापक र कर्मचारी भर्ना गर्ने भएको छ । त्रिविका निमित्त उपकुलपति प्राडा खड्ग केसीले बिहीबार पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी दिएका हुन् ।

उनका अनुसार त्रिभुवन विश्वविद्यालयले एकैपटक ठुलो संख्यामा शैक्षिक जनशक्ति माग गरेको छ । त्रिविले बुधबार सूचना प्रकाशन गर्दै एक हजार ४४२ प्राध्यापकसहित शिक्षक माग गरेको छ । जसमा ४५० सहप्राध्यापक, आठ सय उपप्राध्यापक र १९२ प्राध्यापक माग गरिएको छ । 

यसअघि त्रिविले ५५० कर्मचारी माग गरेकोमा २१ हजारले दरखास्त दिएका छन् । त्रिविका निमित्त उपकुलपति प्राडा केसीले ठुलो संख्यामा शैक्षिक जनशक्ति माग गरिएको र उक्त जनशक्ति लोकसेवाको माध्यमबाट लिइने बताए । ‘बिसौँ वर्षको अन्तरालपछि त्रिविले यति ठूलो संख्यामा शैक्षिक जनशक्ति माग गरेको छ, यो पूर्ण लोकसेवाबाट आउने जनशक्ति हो,’ उनले भने, ‘करारले पनि खुला प्रतिस्पर्धाबाट पास गरेर आउनुपर्नेछ, त्यसै विश्वविद्यालयमा पढाउन पाइँदैन, यो युवा पुस्ताका लागि अवसर पनि हो ।’ 

फास्ट ट्रयाकबाट सयजना नियुक्ति गरिने र जसमा १७५ अंक जर्नलमा लेख प्रकाशन, पुस्तक तथा अनुसन्धान पेपरबापत जोडिनेछ भने अनुभवमा ५ अंक र अन्तर्वार्तामा २० अंक राखिएको उनले बताए । नोट प्रक्रियामा विदेशी विज्ञलाई समेत सामेल गराइने केसीको भनाइ छ ।

छुटाउनुभयो की ?