१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २३ शुक्रबार
  • Saturday, 07 June, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ जेठ २३ शुक्रबार २o:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ जेठ २३ शुक्रबार २o:२४:oo

मधेश प्रदेश सरकारले ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा गरेको छ ।

मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रमको घोषणा गरेकी हुन् ।

उनले गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ नारालाई आत्मसात् गर्दै साक्षरता अभियानको कार्यक्रम अगाडि बढाइने बताइन् ।

मधेशमा अघिल्लो जसपा नेपाल नेतृत्वको सरकारले महत्त्वाकांक्षी ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाएको थियो, तर उक्त कार्यक्रममा भ्रष्टाचार भएपछि अहिले अलपत्र अवस्थामा छ ।

मधेशमा अहिले जनमत पार्टी नेतृत्वको सरकार छ । वर्तमान सरकारले अघिल्लो सरकारकै कार्यक्रमलाई नयाँ स्वरूप दिन खोजेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख भण्डारीले ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमको मूल्यांकन र अनुगमनपश्चात् निरन्तरता दिइने उल्लेख गरिन् ।

सरकारले आत्मनिर्भर र समृद्ध मधेश, सुखी मधेशी मूल सोचलाई केन्द्रमा राखेर आगामी आवको नीति तथा कार्यक्रम ल्याएको छ । कृषिलाई मेरुदण्डको रूपमा स्वीकार गर्दै खाद्यान्नमा आत्मनिर्भर बनाउन मधेशले देशलाई खुवाउने अभियानलाई केन्द्रमा राखी ‘उत्पादन मधेशमा, विस्तार देशमा’ नारालाई आत्मसात् गर्दै कृषि उत्पादन बढाउने लक्ष्य राखेको छ ।

छुटाउनुभयो की ?