१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २२ बिहीबार
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २२ बिहीबार १५:१६:oo
Read Time : < 1 मिनेट
समाचार

विपतकाे सामना गर्न विश्वव्यापी सहकार्य आवश्यक : गृहसचिव दुवाडी      

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २२ बिहीबार १५:१६:oo

स्विट्जरल्यान्डको जेनेभामा भइरहेको विपत् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी प्लाटफर्ममा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले जलवायु परिवर्तन तथा प्रकोप न्यूनीकरणका लागि वित्तीय प्रवाह बढाउने विषयक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन्। 

सचिव दुवाडीले विपत् जोखिमको पूर्वतयारी र त्यसको कार्यान्वयनका लागि नेपालको गरिरहेका कामबारे जानकारी गराए । यसका साथै विपत् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी समन्वयमा उनले जोड दिएका छन्। 

 नेपालमा विभिन्न प्राकृतिक जोखिम रहेको उल्लेख गर्दै यसको पूर्वतयारी र समाधानका लागि नेपाल सकारले उच्च प्राथमिकताका साथ आफ्नो प्रयास र कार्यलाई निरन्तरता दिएको उनको भनाइ छ । 

सम्मेलनमा विश्वभरीका विपत् व्यवस्थापन र विपत् जोखिम न्यूनीकरणका विविध विषयमा छलफल तथा सम्बन्धित मुलुकको असल अभ्यासहरूलाई प्रस्तुत गरिएका थिए  । 
यसअघि सो सम्मेलनलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अन्तरनिकाय समन्वय तथा विश्वव्यापी सहकार्यको आह्वान गर्दै विपत् स्वयंसेवक तथा विपत् सूचकमार्फत विपतजन्य अवस्थामा छिटो सूचना प्राप्तिका साथसाथै व्यवस्थापनमा सहकार्य र सहजता आउने  बताएका थिए। 
 

छुटाउनुभयो की ?