
मुलुकले घट्दो जन्मदरलाई उल्ट्याउन संघर्ष गरिरहेको वेला भियतनामको कम्युनिस्ट सरकारले परिवारलाई दुई बच्चामा सीमित गर्ने आफ्नो लामो समयदेखिको नीति हटाएको सरकारी सञ्चारमाध्यमले बुधबार बताएको छ ।
देशले सन् १९८८ मा दम्पतीलाई दुईभन्दा बढी बच्चा जन्माउन प्रतिबन्ध लगाएको थियो । तर, परिवारको आकार अब प्रत्येक व्यक्तिगत जोडीको निर्णय भएको भियतनाम समाचार एजेन्सीले बताएको छ ।
देशले विगत तीन वर्षमा ऐतिहासिक रूपमा कम जन्मदरको अनुभव गरेको छ । कुल प्रजननदर सन् २०२४ मा प्रतिमहिला प्रतिस्थापन स्तरभन्दा तल १.९१ बच्चामा झरेको स्वास्थ्य मन्त्रालयले यस वर्ष बतायो ।
जन्मदर सन् २०२१ मा प्रतिमहिला २.११ बच्चाबाट घटेर सन् २०२२ मा २.०१ र सन् २०२३ मा १.९६ पुगेको छ । यो प्रवृत्ति सहरीकृत, आर्थिक रूपमा विकसित क्षेत्रहरूमा, विशेष गरी हनोई र होची मिन्ह सिटीजस्ता ठुला सहरहरूमा जीवनयापनको लागत बढ्दै जाँदा स्पष्ट देखिन्छ ।