१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २२ बिहीबार
  • Friday, 06 June, 2025
२o८२ जेठ २२ बिहीबार १३:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

४० केजी अवैध सुर्ती बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २२ बिहीबार १३:२o:oo

धनकुटाको साँगुरीगढी गाउँपालिका– ६, भेडेटार चोकबाट आज बिहान अवैध रूपमा गाडीमा लोड गरेर लैजाँदै गरेको ४० केजी सुर्ती प्रहरीले बरामद गरेको छ ।

सुनसरीको इटहरीबाट तेह्रथुमतर्फ जाँदै गरेको बा.४ख ८०१ नम्बरको यात्रुवाहक हायस गाडी भेडेटार चोकमा रोकी चेकजाँच गर्ने क्रममा कागजातविना गाडीको पछाडिको सिटमा राखी लैजाँदै गरेको सुर्ती फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सूचना अधिकारी इन्स्पेक्टर ध्रुवनारायण श्रेष्ठले बताए । गाडीको पछाडिको सिटमा दुईवटा बोरामा प्याक गरी ४० केजी अन्दाजी २४ हजार मूल्यबराबरको अवैध सुर्ती बरामद गरिएको प्रहरीले बताएको छ ।

अवैध सुर्तीसहित गाडी र चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको लेटाङ नगरपालिका– ९ स्थायी घर भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका– ५ बस्ने ४८ वर्षीय मंगलबहादुर लिम्बू र उनले चलाएको हायस गाडी र बरामद गरी अवैध सुर्तीसहित आवश्यक कानुनी कारबाहीका लागि आजै आन्तरिक राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीको जिम्मा लगाएको प्रहरीले बताएको छ ।
 

छुटाउनुभयो की ?