१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:२१:oo

आज जुन ५ अर्थात् विश्व वातावरण दिवस । ‘प्लास्टिक प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ । देशका विभिन्न स्थानमा पनि यो दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसंघले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो ।  आज दक्षिण कोरियामा विशेष कार्यक्रमका साथ यो दिवस मनाइने संयुक्त राष्ट्रसंघले जनाएको छ ।      

राष्ट्रसंघका अनुसार हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लास्टिकजन्य फोहाेर उत्पादन हुने गरेको, उत्पादित त्यस्तो फोहाेरमध्ये त्यसको १० प्रतिशत मात्र पुनः प्रयोग हुने तथा एक करोड १० लाख टन प्लास्टिक नदी, तलाउ र महासागरमा विसर्जन हुने गरेको छ । आज गैरकानुनी रूपमा माछा मार्नेविरुद्धको संघर्ष दिवस पनि हो । राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)को आह्वानमा सन् २०१७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । 

दिगो विकासका लक्ष्य हासिल गर्न गैरकानुनी रूपमा माछा मार्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा  एफएओको जोड छ । यसरी हरेक वर्ष एक करोड १० लाखदेखि दुई करोड ६० टन माछा मारिँदा अर्बौँ डलर हानि हुने गरेको एफएओले जनाएको छ । 

छुटाउनुभयो की ?