१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

इनफिनिक्स नोट ५०एक्स नेपाली बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o८:oo

इनफिनिक्सले नेपालमा नयाँ स्मार्टफोन नोट ५०एक्स  सार्वजनिक गरेको छ। ४५ वाटको फास्ट चार्जिङ उक्त स्मार्ट फोन मात्र २१,९९९ रुपैयाँमा पाइन्छ।

यो स्मार्टफोनमा मिडियाटेक डाइमेन्सिटी ७३०० अल्टिमेट फाइभ–जी प्रोसेसर छ जुन धेरै पावर चाहिने, गेम खेल्ने वा प्रविधिमा रुचि राख्ने सबैका लागि बनेको कम्पनीले जनाएकाे छ। टाइटेनियम ग्रे र अन्य रंगका विकल्पहरूमा उपलब्ध नोट  ५०एक्स  अहिलेको मूल्यमा सबैभन्दा राम्रो फाइभ–जी स्मार्टफोन रहेको कम्पनीको दाबी छ।

इनफिनिक्स मोबाइल एक द्रुत रूपमा बढिरहेको प्रविधि ब्रान्ड हो जसले विश्वभर इनफिनिक्स ब्रान्डअन्तर्गत स्मार्ट उपकरणहरू डिजाइन, निर्माण र बजारमा ल्याउँछ। सन् २०१३ मा स्थापित इनफिनिक्सले आजको युवापुस्तालाई लक्षित गर्दै नवीनतम प्रविधि, ट्रेन्डी डिजाइन र सुलभ मूल्यमा शक्तिशाली स्मार्ट उपकरणहरू प्रदान गर्दै आएको छ।

६.६७ इन्च र १२० हर्जको एलसिडी डिस्प्ले भएको यो स्मार्टफोन ८ एमपी फ्रन्ट क्यामेरा र ५० एमपी अल्ट्रा–क्लियर रियर क्यामेरा (फोरके भिडियो)सहित उपलब्ध छ।

छुटाउनुभयो की ?