१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
Invalid date format १३:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महुरेगढी प्राविधिक शिक्षालयका पूर्वप्रमुख पौड्यालको स्मृतिमा प्रतिमा निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:o१:oo

सुनकोशी नदीमा गाडी खस्दा ज्यान गुमाएका महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालय खोटाङका पूर्वप्रमुख इन्जिनियर भानु पौड्यालको स्मृतिमा उनको प्रतिमा निर्माण गरिएको छ । ०८० जेठ १९ गते काठमाडौंबाट खोटाङस्थित नुनथलामा सञ्चालित महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयको कार्यालय आउने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका– ७, खुर्कोटस्थित लौकुनमा गाडी पल्टिएर सुनकोशीमा खस्दा उनको ज्यान गएको थियो ।

महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयको अनुगमन तथा योजना निर्माणको सिलसिलामा बा.१झ ७४६७ नम्बरको गाडी चढेर खोटाङ आउने क्रममा पौड्यालसहित सिटिइभिटीका प्रशासन महाशाखा निर्देशक कृष्णबहादुर केसी र योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेल गाडी दुर्घटनामा परेका थिए। दुर्घटनामा ज्यान गुमाएका तीनजनामध्ये पूर्वप्रमुख पौड्यालको अर्धकदको प्रतिमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १३, नुनथलास्थित महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयको प्रांगणमा निर्माण गरिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पाँच लाख अनुदानमा निर्माण गरिएको पूर्वप्रमुख इन्जिनियर पौड्यालको प्रतिमा उनको दोस्रो स्मृति दिवसको अवसर पारेर जेठ १९ गते नगरप्रमुख तीर्थराज भट्टराईले अनावरण गरेका छन् । 
 

छुटाउनुभयो की ?