१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २० मंगलबार
  • Wednesday, 04 June, 2025
२o८२ जेठ २० मंगलबार o९:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गाईघाटमा विपत् पूर्वतयारी कृत्रिम घटना अभ्यास 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २० मंगलबार o९:५९:oo

उदयपुरको सदरमुकाम गाईघाटमा विपत् पूर्वतयारी कृत्रिम घटनाको अभ्यास गरिएको छ। विपतका घटनामा विशेष गरी बाढीका वेला प्रभावकारी खोज तथा उद्धारका लागि गाईघाटमा विपत् पूर्वतयारी कृत्रिम घटना अभ्यास गरिएको हो । मनसुन आगमनसँगै जिल्ला आउन सक्ने बाढी, पहिरो तथा डुबानको घटनाहरूको दौरान गरिने प्रतिकार्यलाई थप प्रभावकारी बनाउन जिल्ला विपत् व्यवस्थापन समितिको निर्णयअनुसार नेपाली सेनाको पशुपतिप्रसाद गण पिपलटार ब्यारेकको आयोजनामा गरिएको हो ।

त्रियुगा नगरपालिका– ५ स्थित उदयपुर सिमेन्ट उद्योगको पोखरीमा कृत्रिम अभ्यास गरेको पशुपतिप्रसाद गणका गणपति प्रमुख सेनानी शिव वाग्लेले बताए । उनले भने, ‘अभ्यासमा बाढीका वेला हुन सक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारका लागि नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी रेडक्रस र स्थानीय संघसंस्थाले भाग लिएका थिए ।’ 

उनका अनुसार अभ्यासका क्रममा दुई दिनदेखि परेको अविरल वर्षाका कारण उदयपुरको बेलका नगरपालिकामा सप्तकोशी नदीको भंगालो पसेर आएको बाढीको दृश्यसमेत देखाइएको थियो । उद्धार सामग्री र जनशक्तिको अद्यावधिक तथा पुनर्ताजगीका लागि खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ कृत्रिम घटना अभ्यास गरिएको विपत् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए। उनले भने, ‘यस्ता विपत् पूर्वतयारी कृत्रिम घटनाको अभ्यासले विपतकाे समयमा सहयोग गर्नेछ ।’


 

छुटाउनुभयो की ?