१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 04 June, 2025
रासस काठमाडौं
Invalid date format १७:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वरिष्ठ साहित्यकार रसिकको निधन

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३९:oo

वरिष्ठ सर्जक गणेश रसिकको ७८ वर्षको उमेरमा आज निधन भएको छ। ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा प्रोस्टेट क्यान्सरको उपचार गराइरहेका उनको आज बिहान ११ बजे निधन भएको संगीतकार बुलु मुकारुङले जानकारी दिए।

उनका अनुसार रसिककी छोरी बेलायतबाट फर्किएपछि रसिकको दाहसंस्कार गरिनेछ। भोजपुर छिनामखुमा २००४ असोज ४ मा जन्मिएका रसिक ५०को दशकमा इलाम सरेका थिए। करिब पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायन क्षेत्रमा आएका रसिकले कवि, गीतकार, संगीतकार, लेखक, निबन्धकार र नियात्राकारका रूपमा परिचय बनाएका थिए।

उनका सारंगीभित्र कथासंग्रह, गणेश रसिकका गीतहरू, आकाश गंगाको ओतमुनि, दशगजामा उभिएर, जब सिस्नोहरू टेक्दै हिँडेलगायतका कथा, कविता, निबन्ध, नियात्रा र संस्मरणसहित एक दर्जनभन्दा बढी कृति प्रकाशित छन्।

उनका छोरा र श्रीमतीको यसअघि नै निधन भइसकेको छ। हटेर होइन, डटेर लड्ने नेपालीको बानी हुन्छ, तराई हेर कति राम्रो हरियो वन हुनाले, मेरो टाउको सानो छ, यो टाउको विशाल देश छ, रातो भाले क्वाँए क्वाँएजस्ता राष्ट्रिय र लोकगीत गाएका थिए। उनका केही रचना विद्यालयका पाठ्यपुस्तकमा समावेश छन्।

साहित्यकार रसिकले रत्न रेकर्डिङ संस्थान र साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक, सांस्कृतिक संस्थानको महाप्रबन्धक, नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानको सदस्यसचिवको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेका थिए।

छुटाउनुभयो की ?