१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १८ आइतबार
  • Monday, 02 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १८ आइतबार ११:oo:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनपिएस र नेपाल पे कार्डमा आबद्ध भयो बेस्ट फाइनान्स 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १८ आइतबार ११:oo:oo

बेस्ट फाइनान्स र एनसिएचएलबिच एनपिएस–एनसिएस तथा डोमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बिएन घर्ती र एनसिएचएलका सिइओ नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरे । 

एनसिएचएलले हालै एनपिएस–एनसिएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थालाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्डका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक तथा वित्तीय संस्थाहरू एनपिएस–एनसिएस र नेपाल पे कार्डमा आबद्ध भइरहेका छन् ।

नेपाल पे पूर्वाधारको कमर्सियल रोलआउटपश्चात् बेस्ट फाइनान्सले ग्राहकका लागि उक्त कार्ड इस्यु तथा अक्वायर गर्न सक्नेछ । एनपिएस–एनसिएसलाई  विभिन्न कार्ड स्विचहरूबिच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारको राउटिङ र सेटलमेन्टका लागि एक सेन्ट्रल कार्ड स्विचका रूपमा स्थापना गरिँदै छ ।

उक्त प्रणालीको पूर्ण कार्यान्वयनपश्चात् डोमेस्टिक कार्ड कारोबारको लागत घटाउने, डेटा लोकलाइजेसन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।