Skip This
राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथास नियुक्त
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १५ बिहीबार
  • Friday, 30 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ जेठ १५ बिहीबार १३:११:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथास नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ जेठ १५ बिहीबार १३:११:oo

नेपाल क्रिकेट संघ (क्यान)ले स्कटल्यान्डमा आयोजना हुने आइसिसी विश्वकप क्रिकेट लिग- २ का लागि कन्सल्ट्यान्ट प्रशिक्षकका रूपमा दक्षिण अफ्रिकी प्रशिक्षक निक पोथासलाई नियुक्त गरेको छ ।


राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथासलाई नियुक्त गरिएको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । यसअघि उनीसँग श्रीलंका, वेस्ट इन्डिज र बंगलादेशका राष्ट्रिय टोलीसँग आबद्ध रहेको अनुभव छ । 

नेपाली राष्ट्रिय क्रिकेट पुरुष टोली आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको तयारीमा छ । यही जेठ १९ देखि २९ गतेसम्म स्कटल्यान्डमा हुने उक्त शृंखलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सले एक–अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । पोथासको सहयोगमा नेपाली टोलीले प्रदर्शनमा सुधारसहित उत्कृष्ट खेल्ने अपेक्षा गरिएको क्यानले जनाएको छ ।