Skip This
एलन मस्कले ट्रम्प प्रशासनको भूमिका घटाउने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १५ बिहीबार
  • Friday, 30 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ जेठ १५ बिहीबार १२:५१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

एलन मस्कले ट्रम्प प्रशासनको भूमिका घटाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ जेठ १५ बिहीबार १२:५१:oo

टेक अर्बपति तथा टेस्लाका सहसंस्थापक एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा आफ्नो विशेष सरकारी कर्मचारीको कार्यकाल सकिएको बताएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल प्लाटफर्म एक्समार्फत यो जानकारी दिएका हुन्।

राष्ट्रपति ट्रम्पले जनवरी २०२५ मा ह्वाइट हाउस प्रवेश गरेपछि मस्कलाई सरकारी खर्च कटौती गर्न नवगठित ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी’ ‘डज’को नेतृत्व सुम्पेका थिए। मस्कले हप्तामा एक वा दुई दिन मात्र यो जिम्मेवारीमा समय दिने र आफ्नो मुख्य ध्यान टेस्लालगायतका कम्पनीहरूमा केन्द्रित गर्ने उल्लेख गरेका छन्।

‘विशेष सरकारी कर्मचारीको रूपमा मेरो निर्धारित समय समाप्त हुँदै छ। म राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अनावश्यक खर्च घटाउने अवसर दिएकोमा धन्यवाद दिन चाहन्छु,’ मस्कले एक्समा लेखेका छन्, ‘डजको मिसन समयसँगै बलियो हुँदै जानेछ र यो सरकारी काममा जीवनशैली बनिरहनेछ।’

‘डज’ले सरकारी खर्च र कर्मचारी संख्या घटाउने, प्रविधिमा सुधार गर्ने र नोकरशाही कम गर्ने लक्ष्य राखेको छ। यद्यपि, मस्कको यो कदमले टेस्लाको घट्दो नाफा र बिक्रीलाई सम्बोधन गर्ने प्रयासका रूपमा पनि हेरिएको छ।