
बुधबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदी मूल्य पनि घटेको छ । आज सुन तोलामा एक हजार पाँच सय रुपैयाँले घटेको छ । सोही परिमाणको चाँदी १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य एक लाख ८७ हजार आठ सय कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल एक हजार ९९५ रुपैयाँ निर्धारण भएको छ ।