
बाजुराको जगन्नाथ गाउँपालिका– २, काँडाकोट सडकमा जिप दुर्घटना भएको छ। मंगलबार बिहान पिलुचौरबाट काँडाकोटमा रहेको टेलिकमको टावरमा ब्याट्री जोड्न भनी गएका टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का चढेको जिप दुर्घटना भएको हो ।
दुर्घटनाबाट तीनजनाको घटनास्थलमा मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन । थप विवरण आउन बाँकी छ । अहिले प्रहरी घटनास्थलमा गइरहेको छ ।