१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 28 May, 2025
Invalid date format २१:oo:oo
Read Time : < 1 मिनेट
समाचार

ओली सार्वजनिक जीवनबाट अलग गर्नुपर्ने मान्छे हुन् : भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:oo:oo

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी ओली सार्वजनिक जीवनबाट अलग गर्नुपर्ने मान्छे भएको टिप्पणी गरेका छन् । ‘ओलीलाई त कहीँ पुनर्जन्म छ भने त्यो कहाँ जन्म्यो भनेर खोजेर सात जन्म अयोग्य हुने गरी सार्वजनिक जीवनबाट बिदा गर्नुपर्ने मान्छे हुन्,’ एकीकृत समाजवादी कैलालीको विस्तारित बैठकलाई धनगढीमा सम्बोधन गर्दै भुसालले भने।

उनले देखाउन मात्रै संविधान संशोधनका लागि गठबन्धन भनेको र उनको उद्देश्य सत्तादोहनबाहेक केही नभएको बताए। गृहमन्त्री जोडिएको काण्ड अहिले बाहिर आए पनि यस्ता काण्ड दिनैपिच्छे भइरहेको भुसालको दाबी छ। ‘गृहमन्त्री मुछिएको भिजिट भिसा काण्ड एउटा लक्षण मात्र हो, यस प्रकृतिका काण्ड दिनैजसो भइरहेका छन्,’ उनले भने, ‘हरेक ठाउँमा भ्रष्टाचार भइरहेको छ।’   

महासचिव भुसालले मुलुकमा देखिएको अस्थिरता र अन्योलग्रस्त परिस्थिति राजवादीका कारण नआएको पनि बताए। गणतन्त्रको अपेक्षामाथि नेताहरूले धोका दिँदा त्यसको मूल्य जनताले चुकाउनुपरेको उनको भनाइ छ। ‘यो समस्या दुर्गा प्रसाईं वा ज्ञानेन्द्र शाहले सिर्जना गरेका होइनन्,’ उनले भने, ‘गणतन्त्रवादी नेताले गरेका हुन्, जो गणतन्त्रमा पटकपटक प्रधानमन्त्री भएका छन्।’    

दुर्गा प्रसाईंले राज्यमाथि प्रश्न खडा गरेर परिस्थिति अन्योलग्रस्त हुनु स्वाभाविक नभएको उनको भनाइ थियो। महासचिव भुसालले राष्ट्रिय राजनीति अहिले अप्ठयारोमा रहेको बताए। सत्ताका लागि जे पनि गर्ने प्रवृत्ति नेताहरूमा देखिनुले नेपालको लोकतान्त्रिक प्रणाली पाकिस्तान र बंगलादेशको प्रवृत्तिमा लैजान खोजिएको उनको भनाइ थियो।

‘गणतन्त्र आएपछि हाम्रो ध्येय बेरोजगारी हटाउने र मुलुक सक्षम बनाउने हुनुपर्थ्यो,’ महासचिव भुसालले भने, ‘तर, गणतन्त्रको कार्यकारी नेतृत्वले यो नगरेका कारण अस्थिरता भएको हो।’ यो अस्थिरता आगामी चुनावपछि पनि रहने उनले बताए।