१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १२ सोमबार
  • Tuesday, 27 May, 2025
२o८२ जेठ १२ सोमबार १९:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मदन भण्डारी लोकमार्गको उदयपुर खण्डका होटेलमा अनुगमन

मापदण्डविपरीतको एक होटललाई सात हजार जरिवाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १२ सोमबार १९:oo:oo

मदन भण्डारी लोकमार्गको उदयपुर खण्डमा रहेका होटेलहरूमा अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय उदयपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र स्थानीय पालिकाको टोलीले संयुक्त रूपमा अनुगमन गरेको हो।

उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेयका अनुसार अनुगमन टोलीले मदन भण्डारी लोकमार्गको बसाहा र बेल्टार खण्डका झन्डै एक दर्जन होटेलहरू मापदण्डविपरीत रहेको जानकारी दिए। उनले भने, ‘अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालित हलेँसी लाइन होटेल एन्ड पेडा भण्डारलाई सात हजार जरिवाना गरिएको छ।’

अनुगमनका क्रममा अखाद्य वस्तु मिसिएको दही, अन्तःशुल्क दर्ताविना बेचबिखन गर्दै गरेका बियर, चुरोट, गुट्खालगायतका सामग्री बरामद गरिएको उनको भनाइ छ। होटेलमा सरसफाइ नहुने, महँगो मूल्य लिने गरेको भन्दै यात्रुहरूको गुनासो आउन थालेपछि जिल्ला प्रशासनको नेतृत्वमा अनुगमन भएको हो।

अनुगमन टोलीले धेरै होटेललाई सरसफाइ र गुणस्तरमा ध्यान दिन सुभाव दिएको छ। अनुगमनका क्रममा जफत गरिएका सामानहरू चौदण्डीगढी नगरपालिकाका जनप्रतिनिधि र स्थानीय प्रहरीलाई जिम्मा लगाइएको छ।