१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 28 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२५:oo
Read Time : < 1 मिनेट
सप्तरंग

‘जन्ते बाख्रो’ काे ट्रेलर सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२५:oo

सन्तोष गौतमको लगानी रहेको सिनेमा ‘जन्ते बाख्रो’ काे ट्रेलर सार्वजनिक भएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रमबिच सार्वजनिक ३ मिनेट ५२ सकेन्ड लामो ट्रेलरमा लभस्टोरी र कमेडी हेर्न सकिन्छ।

सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमाको सार्वजनिक ट्रेलरले दर्शकमाँझ कौतुहलता पैदा गर्न सफल छ। नेपाली समाजमा दुलही भित्र्याउने दिन खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ। सोही कथामा सिनेमा निर्माण भएको ट्रेलरबाट बुझ्न सकिन्छ। आगामी २३ जेठबाट यो सिनेमा नेपालसहित विदेशमा समेत एकसाथ प्रदर्शनमा आउने तयारीमा छ।

मुइन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ। प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद लेखन रहेको छ। सिनेमामा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायतका कलाकारको अभिनय छ।

आगामी २३ जेठबाट नेपाल विदेशमा एकसाथ रिलिज गरिने सिनेमामा हरि हुमागाईंको डिओपी, उत्तम हुमागाईंको सिनेमाटोग्राफी, सुनील शिवभक्तिको सम्पादन र रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ। टिफल्क फिल्मस् वितरण गर्ने सिनेमाको डिजिटल राइट्स जी टू वान डिजिटलले खरिद गरेको छ।