१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
रासस टोकियो
Invalid date format १४:o५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जापानले अमेरिकी भन्सार शुल्क वार्तालाई तीव्रता दिने

Read Time : < 1 मिनेट
रासस, टोकियो
नयाँ पत्रिका
Invalid date format १४:o५:oo

संयुक्त राज्य अमेरिका र जापान आफ्नो पछिल्लो भन्सार शुल्क वार्तामा सम्झौताको प्रयासलाई गति दिन सहमत भएको टोकियोले बताएको छ।

अमेरिकाको प्रमुख सहयोगी र यसको सबैभन्दा ठुलो लगानीकर्ता जापान अधिकांश मुलुकमा लगाइएको समान १० प्रतिशत आधारभूत भन्सार शुल्क तथा कार, स्टिल र आल्मोनियममा कडा भन्सार शुल्कको अधीनमा छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिलको सुरुमा जापानमाथि २४ प्रतिशत ‘पारस्परिक’ भन्सार शुल्कको घोषणा गरेका थिए। तर, पछि अन्य देशमाथिका समान उपायहरूसँगै तिनलाई जुलाईको सुरुसम्म स्थगित गरे।

जापान ट्रम्पले घोषणा गरेका आफ्नो आयातमाथिका सबै भन्सार शुल्कहरू हटाउन चाहन्छ। टोकियोका भन्सार शुल्क दूत रियोसी अकाजावाले सप्ताहन्तमा वासिङ्टनमा तेस्रो चरणको वार्ता गरेका थिए र यो हप्ता फर्कने कार्यक्रम छ।

दुई देशले ‘पारस्परिक रूपमा लाभदायक सम्झौता साकार पार्न प्रयासहरू तीव्र पार्नेछौँ’ भनी पुष्टि गरेको जापानका शीर्ष सरकारी प्रवक्ता योसिमासा हायासीले सोमबार बताए।

आइतबार प्रधानमन्त्री सिगेरू इसिबाले पनि अकाजावाको पछिल्लो चरणको वार्तामा ‘प्रगति’ भएको बताए। इसिबाले आगामी महिना क्यानाडामा हुने वार्षिक जी– ७ को बैठकमा दुई नेताले भेट्दा ट्रम्पसँग सम्झौता गर्ने लक्ष्य राखेको बताए।

टोकियोका अनुसार फेब्रुअरीमा ह्वाइट हाउसमा ट्रम्पलाई भेट्ने इसिबाले गत हप्ता राष्ट्रपतिसँग करिब ४५ मिनेट फोनमा कुरा गरेका थिए।

छुटाउनुभयो की ?