१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २३ शुक्रबार
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २३ शुक्रबार १o:५१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल बैंकको सिइओमा ज्ञवाली नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २३ शुक्रबार १o:५१:oo

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बसेकोे बैंकको सञ्चालक समिति बैठकले ज्ञवालीलाई चार वर्षका लागि सिइओ पदमा नियुक्त गरेको हो । यसअघि ज्ञवालीले कायममुकायम सिइओको भूमिका निर्वाह गर्दै आएका थिए  ।

चार्टर्ड एकाउन्टेन्टसमेत रहेका ज्ञवालीसँग बैंकहरूको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकसहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २६ वर्ष लामोे अनुभव छ ।  

त्यस्तै, सोही समितिले नायब महाप्रबन्धक आदर्श बजगाईंलाई नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा बढुवा गरेको छ भने प्रमुख कानुन विभाग भीष्म न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी दिएको छ ।

छुटाउनुभयो की ?