१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १२ सोमबार
  • Monday, 07 July, 2025
२o८२ जेठ १२ सोमबार o६:५८:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पूर्वराष्ट्रपति भण्डारी बेइजिङमा : आज उच्चस्तरीय वार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १२ सोमबार o६:५८:oo

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको १० दिने भ्रमणका क्रममा आइतबार बेइजिङ आइपुगेकी छिन् । काठमाडौंबाट ग्वान्झाओ हुँदै आएकी भण्डारी र उनको भ्रमण दललाई चिनियाँ कम्युनिस्ट पार्टी, चीन सरकारका अधिकारी एवं चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले दासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । पूर्वराष्ट्रपति भण्डारीले सोमबार उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । 

आइतबार चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियान्चाओले पूर्वराष्ट्रपति र विदेशी प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजसहित स्वागत समारोह आयोजना गरेका थिए । उनीसहित चिनियाँ उपराष्ट्रपति हान झेङसँग भण्डारीको सोमबार भेटवार्ता हुनेछ । भण्डारीको भ्रमण दललाई चीन सरकारको राजकीय आवासगृह दियाओ थाईमा राखिएको छ । चीन सरकारले उनलाई विदेशी सरकार प्रमुखसरहको सम्मान, सुरक्षा र आवासगृह प्रदान गरेको छ ।

सोमबार बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टी र विदेश मन्त्रालयद्वारा आयोजित छिमेकी देशका राजनीतिक दलहरूसँग संवाद कार्यक्रममा उनी सहभागी हुने र कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । भण्डारी मंगलबार गान्सु प्रान्त हुँदै सिचुआनको छेन्दु भएर १९ जेठमा स्वदेश फर्किने भ्रमण–तालिका तय भएको छ ।