१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 26 May, 2025
Invalid date format १६:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विषाक्त च्याउ खाएका तीनैजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१o:oo

विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङको एकै वडाका तीनजनाको ज्यान गएको छ । माङसेबुङ गाउँपालिका– ५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनीषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो ।

बिर्तामोडस्थित बिएनसी अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेका अनुसार ६ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू एक्कासि बिरामी परेका थिए । 

मनीषा र नुमाको विराट नर्सिङ अस्पताल विराटनगरमा यसअघि नै मृत्यु भएको थियो । लावतीको आज बिएनसी अस्पतालमा मृत्यु भएको हो । रासस