१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 25 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १५:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वडाध्यक्षहरूलाई ओलीको सुझाव– अर्को चुनाव पनि आउँछ, पार्टीविरोधी नहुनू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १५:१o:oo

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले स्थानीय तहका जनप्रतिनिधिहरूलाई पार्टीविरोधी गतिविधि नगर्न सुझाव दिएका छन्।

आइतबार बागमती प्रदेशका वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले चुनाव आइरहने भन्दै विजयी भएपछि पार्टीबाट टाढा नहुन सचेत गराए।

‘तपाईंहरू पार्टीको कार्यकर्ता हुनुहुन्छ । तपाईंहरू जनप्रतिनिधि भएर उडिसकेपछि चंगाको धागो काटिएजस्तो पार्टीसँग तपाईंहरूको सम्बन्धको धागो काटिनुहुँदैन । झन् बलियो हुनुपर्छ,’ उनले भने, ‘मलाई अरू मतलब छैन, म जनप्रतिनिधि हुँ, खुरुखुरु काम गर्छु, मलाई पार्टीको मतलब छैन भन्यो भने फेरि अर्को चुनाव पनि आउँछ।’