१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ११ आइतबार
  • Sunday, 25 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ११ आइतबार १३:५१:oo
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

एनआरएनए दक्षिण अस्ट्रेलिया राज्य संयोजकमा थीर गुरुङको उम्मेदवारी घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ११ आइतबार १३:५१:oo

गैरआवासीय नेपाली संघ (एनआरएनए)को दक्षिण अस्ट्रेलिया राज्य संयोजकमा थीर गुरुङले उम्मेदवारी घोषणा गरेका छन्। गुरुङ हाल एनआरएनए अस्ट्रेलियाको सचिव रहेका छन्। एनआरएनए अस्ट्रेलियाको आउँदो जुलाई २६ मा निर्वाचन हुँदै छ।

१८ वर्षदेखि अस्ट्रेलिया बसोबास गरिरहेका गुरुङले एनआरएनएसहित विभिन्न नेपाली संघसंस्थामा सक्रिय स्वयंसेवकको रूपमा काम गर्दै आएका छन्। उम्मेदवारी घोषणा गर्दै गुरुङले पारदर्शिता, जवाफदेहिता र समावेशिताको मूलमन्त्रका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले नयाँ पुस्तालाई एनआरएनएमा सहभागी गराउने अवसरहरू सिर्जना गर्ने, दक्षिण अस्ट्रेलियामा रहेका नेपालीहरूको हकअधिकार, सहयोग र एकताका लागि निस्वार्थ काम गर्ने, आपतकालीन सहायता, विद्यार्थी समर्थन र सामाजिक कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने बताए।

उम्मेदवारी घोषणा गर्दै उनले नेपाली सामुदायिक हल बनाउने प्रक्रियाका लागि बृहत् छलफल र आर्थिक संकलन गर्ने, दोस्राे पुस्ताका बालबालिकाको कला तथा प्रतिभा देखाउने कार्यक्रम गर्ने, प्रत्येक  तीनदेखि ६ महिनामा नेपाली समुदायबिच भैपरी आएका समस्या र समाधानका लागि छलफल र पारदर्शी समाधानका लागि प्रयास गर्ने बताए।

एनआरएनए विगतदेखि वर्तमानसम्म भएका काम र यसको इतिहासलाई जोडेर एक किताब प्रकाशन गर्नेसमेत उनको योजना छ।

‘एनआरएनए कुनै व्यक्तिविशेषको संस्था होइन, यो हामी सबैको साझा घर हो। अबको नेतृत्व सहकार्य र विश्वास सहितको होस्। म तपाईंहरूको अमूल्य मत र साथको अपेक्षामा छु,’ गुरुङले भने, ‘सँगै मिलेर सामाजिक काम गरौँ, अबको यात्रा तपाईंहरूको साथ, मेरो आवाज।’