
चोभारको सुक्खा बन्दरगाह विद्युतीय गाडी (इभी)ले भरिभराउ देखिएको छ। इभीको आयात अत्यधिक बढेसँगै चोभारमा विद्युतीय गाडी थुप्रिएका हुन्।
फागुनयता रसुवागढी र तातोपानी (सिन्धुपाल्चोक) भन्सार कार्यालयबाट विद्युतीय गाडीको आयात ह्वात्तै बढेको छ।व्यवसायीहरूले भन्सार बढ्ने हल्ला र चीनमा इभीको मूल्य घटेपछि फाइदा लिन तीव्र रूपमा गाडी भित्र्याइरहेका छन्।
कतिपय गाडी भन्सार क्लियर नगरी थुपारिएका छन्। केही गाडी सिधै उपत्यकाबाहिर साेरुममा पठाइएको छ।
तस्बिरहरू :