१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 25 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पूर्वराष्ट्रपति भण्डारी साताव्यापी चीन भ्रमणमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:४३:oo

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी भ्रमणका लागि चीन प्रस्थान गरेकी छन् । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा १४ जना प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शनिबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

भ्रमण टोलीमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, एमाले सचिव प्रमुख रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्ण थापा, सांसद देवी भट्टचन, पत्रकार महासंघका पूर्वअध्यक्ष महेन्द्र विष्टलगायत छन् । राष्ट्रपतिबाट बिदा भएपछि भण्डारीको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो । उनी गत वर्ष चीन जाने तयारी रहे पनि हुन सकेको थिएन । उनी १९ जेठमा स्वदेश फर्किने कार्यक्रम छ ।

पूर्वराष्ट्रपति भण्डारीले बेइजिङ र अन्य दुई प्रान्तमा आयोजित तीनवटा कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम छ । बेइजिङमा आइतबार र सोमबार चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आयोजना गर्ने छिमेकी मुलुकहरूसँग सिपिसीको संवादसम्बन्धी कार्यक्रमलाई उनले सम्बोधन गर्नेछिन् । भण्डारीले चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरीय नेतासँग भेटवार्ता गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।