१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 24 May, 2025
दीपक बोहरा तुलसीपुर
Invalid date format ११:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अपांगता भएका व्यक्तिलाई बाख्रा  

Read Time : < 1 मिनेट
दीपक बोहरा, तुलसीपुर
नयाँ पत्रिका
Invalid date format ११:१७:oo

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ हरीपौरी निवासी जानकी चौधरी अपांग हुन्। उनले  घरमा अरु काम गर्न नसकेपनि बाख्रापालन गर्न सक्ने भएकै कारण तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ ले  बोयर बाख्रा उपलब्ध गरायो । त्यो बाख्रा पाउँदा उनी खुसी छन्। 

त्यस्तै वडास्तरीय अपांग संस्था संघका अध्यक्ष उमेश चौधरीले पनि अपांगता भएका व्यक्तीलाई व्यवसायमा जोड्ने गरि वाख्रा वितरण गरेको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए। उनीहरुजस्तै वडाले ८ जनालाई पाल्नका लागि बाख्रा वितरण गरेको छ। वडाको बजेटले अपांगता भएका व्यक्तीहरुलाई स्वरोजगार बनाउन बाख्रा वितरण गरिएको वडाध्यक्ष खुसीराम चौधरीले बताए । उनका  अनुसार पहिलो चरणमा ८ जनालाई बाख्रा वितरण गरिएको हो।

 वडामा ५० जनाभन्दा बढि अपांगता भएका व्यक्ति भएको भन्दै अपांगता भएका व्यक्तिहरुको क्षमता अनुसार अन्य सहयोग पनि गर्ने बताए। ‘हामीले यस वर्ष ८ वटा बाख्रा वितरण गर्‍यौं’,उनले भने, ‘अन्य अपांगता भएका व्यक्तीहरुलाई पनि क्षमता अनुसार सहयोग गर्नेछौं।’ अपांगता भएका व्यक्तीहरुले नै यस वर्ष ८ जनालाई छनोट गरेको भन्दै त्यही अनुसार आयआर्जनका लागि बाख्रा वितरण गरेको उनको भनाइ छ। गएको वर्ष एकल महिलाहरुलाई बाख्रा वितरण गरेको वडाध्यक्ष चौधरीले बताए  ।