१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 24 May, 2025
प्रकाश पौडेल बर्दिया
Invalid date format १o:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बर्दियामा सर्प टोकाइबाट  महिलाको मृत्यु

Read Time : < 1 मिनेट
प्रकाश पौडेल बर्दिया
नयाँ पत्रिका बर्दिया
Invalid date format १o:३८:oo

बर्दियामा सर्पको टोकाइबाट महिला मृत्युु भएको छ। सर्प टोकाइबाट मधुवन नगरपालिका – १ पत्थरबोझीकी  ३८ वर्षीया हिरा थारूको मृत्यु भएको हो ।बिहीबार खेतमा  काम गरिरहेको समयमा थारूलाई  सर्पले  टोकेको थियो । सर्पले  टोकेपछि उपचारका लागि बर्दिया अस्पताल गुलरियामा लगिएको थियो । 

अस्पतालमा उपचार सम्भव नभएपछि  थप  उपचारका अस्पताल थारूलाई  भेरी अस्पताल नेपालगन्जमा रिफर गरिएको अस्पताल मेडिकल रेकर्डर केशब न्यौपानेले बताए ।  थारूको उपचारको क्रममा शुक्रबार दिउँसो  १२ बजेर  २० मिनेटमा  भेरी अस्पताल नेपालगन्जमा मृत्यु  भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब  उपरीक्षक चक्र बहादुर डम्बरपालले बताए ।