
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको जेठ १० गते शनिबारदेखि जेठ १६ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : साताको प्रारम्भमा नयाँ जिम्मेवारीका साथ नयाँ कार्य प्रारम्भ हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लागिरहनेछ ।आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साताको मध्यमा कुनै कुराले मनमा शान्ति छाउनेछ । साताको अन्त्यमा लामो समयदेखि रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछन् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : साताको प्रारम्भमा नयाँ सवारीसाधन खरिद–बिक्रीको योग रहेको छ । आर्थिक कारोबारमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रसँग संम्बन्धित कार्य अघि बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । सेयरको कारोबारबाट सफलता मिल्नेछ । यात्रा र घुमफिरको योग पनि जुरेको छ । आफन्तहरूको सहयोगमा महत्वपूर्ण कार्य सफल हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) : मिहिनेतपूर्वक काम गर्दा चिताएको फल प्राप्त हुनेछ । शत्रु र प्रतिस्पर्धीहरू पछिपरे पनि ईष्र्यालु आफन्तले काम बिगार्न सक्छन् । व्यापार–व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछ । बुधबारबाट इच्छा र आकांक्षा पूर्ण हुनेछ । आकस्मिक धनलाभ हुनेछ । सप्ताहान्तमा प्रतिस्पर्धीहरू पराजित हुनेछन् र मनग्ये धनलाभ पनि हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : साताको प्रारम्भमा स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्ने देखिन्छ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । शुभकार्यको चर्चा चलिरहनेछ । रमाइलो यात्राको योग रहेको छ । प्रेमजीवन सफल र सुखद रहने देखिन्छ । नयाँ कामको थालनी र व्यापार–व्यवसायमा सफलता पाइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : सहकर्मीबाट विरोध र कार्य अवरोधले मनमा अशान्ति बढ्नेछ । आर्थिक कारोबारमा विवाद आउनेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ । बुधबारबाट इच्छा र आकांक्षा पूर्ण हुनेछ । सेयर कारोबारबाट सोचेअनुरूप सफलता मिल्नेछ । खर्च बढ्ने योग रहेको छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । नाम, दाम र इनाम प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लामो समयदेखि रोकिएका कामहरू सुचारु हुनेछन् । बुधबारदेखि मनमा निराशा र शरीरमा आलस्यताका कारण काम अवरुद्ध हुने योग रहेको छ । आफ्नो विचारविपरीत निर्णय हुन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउने र प्रेममा दूरीसमेत आउन सक्छ । विशेष सावधानी अपनाउनु पर्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : हिम्मत गर्दा जटिल कामसमेत सजिलै सम्पादन हुनेछ । लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ । काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बिच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ । बोलीको भरमा चिताएको काम बन्न सक्छ । मानसम्मानसमेत प्राप्त हुनेछ । साताको अन्त्यमा घरायसी झैझमेलाबाट जोगिनुपर्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : यो सातामा महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । अतिथिको रूपमा सत्कार पाइनेछ । पुँजीबजार या वित्तीय संस्थाबाट राम्रै लाभ मिल्नेछ । ढिलै भए पनि चिताएको काम बन्नेछ र बुद्धिको उपयोगले दिगो फाइदा दिलाउन सक्छ । विशेष उपहार प्राप्त हुने योग जुरेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : साताको प्रारम्भमा आर्थिक झन्झट आइलाग्न सक्छ, तर अन्तिममा कार्य सफलता मिल्नेछ । स्वास्थ्यको क्षेत्रमा पनि प्रतिकूल हुने देखिन्छ । मिहिनेत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ । मानसम्मान पाइनुका साथै विशेष उपहार प्राप्त हुनेछ । साताको अन्त्यमा धर्म तथा समाजसेवामा मन लाग्नेछ । लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : साताको सुरुमा रमाइलो यात्राको योग रहेको छ । आँटेको र सोचेका कार्य पूरा हुनेछन् । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । लगनशीलताले काम अगाडि बढ्नेछन् । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्नेछ । स्थानान्तरण र टाढाको यात्रा गर्ने योग रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : साताको सुरुवातमा वैदेशिक यात्राको अवसर जुर्नेछ । नयाँ जागिरको थालनी हुनुका साथै शिक्षामा सफलता पनि मिल्नेछ । साताको उत्तराद्र्धमा प्रतिद्वन्द्वीहरूले कार्यमा अवरोध ल्याउन सक्छन् । पुँजीबजारले पनि सोचेअनुसार साथ नदिन सक्छ । मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । सामाजिक काममा संलग्न हुनुपर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : व्यापार–व्यवसायमा विशेष लाभ मिल्ने समय छ । व्यावसायिक यात्राको सम्भावना रहेको छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । नसोचेको ठाउँबाट धनआर्जन हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । कलासाहित्य तथा संगीतमा रुचि बढ्नेछ । प्रेमीको सहयोग पनि पाइनेछ ।