१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १० शनिबार
  • Saturday, 24 May, 2025
२o८२ जेठ १० शनिबार १७:४o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अस्ट्रेलियाको पूर्वी क्षेत्रमा बाढीको प्रकोप, हजारौँ प्रभावित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १० शनिबार १७:४o:oo

अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा आएको अविरल वर्षापछि उत्पन्न बाढीका कारण राज्यका पूर्वी क्षेत्रमा रहेका करिब १० हजारभन्दा बढी घरधुरी तथा सम्पत्तिहरूमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।

राज्य आपतकालीन सेवाका प्रमुख सुपरिन्टेन्डेन्ट पल म्याकक्वीले आज बिहान पत्रकारहरूलाई जानकारी दिँदै भने, ‘क्षतिको विस्तृत मूल्यांकनका लागि हाम्रो टोलीहरू सक्रिय रूपमा खटिनेछन्। यो अवस्था अझै पनि जोखिमपूर्ण भएकाले सबैजनालाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दछु।’

उनले थप भपे, ‘पानी पूर्ण रूपमा नघटेसम्म र जनताले सुरक्षित रूपमा आफ्ना घर तथा समुदायमा फर्कन सक्ने अवस्था नबनेसम्म हामी कसैलाई पनि घर फर्कन अनुमति दिन सक्दैनौँ।’

यसैबिच, न्यू साउथ वेल्स प्रहरीले दिएको जानकारीअनुसार बाढी प्रभावित मिड नर्थ कोस्ट क्षेत्रको एक सम्पत्तिमा जलेको सवारीसाधनभित्र एक व्यक्तिको शव फेला परेको छ।

यो घटनाले पछिल्लो पाँच दिनदेखिको लगातार वर्षाका कारण उत्पन्न बाढी संकटमा ज्यान गुमाउनेको संख्या पाँच पुगेको पुष्टि गरेको छ।