Skip This
बाराका सबै पालिकामा महालेखाको बेरुजु 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ८ बिहीबार
  • Thursday, 22 May, 2025
तिवारी यादव वीरगन्ज
२o८२ जेठ ८ बिहीबार १३:२o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाराका सबै पालिकामा महालेखाको बेरुजु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ८ बिहीबार १३:२o:oo

महालेखा परीक्षकको कार्यालयबाट प्रत्येक वर्ष हुने स्थानीय तह लेखा परीक्षणमा बारा जिल्लाका सबै पालिकामा बेरुजु रकम रहेको पाइएको छ । गत चालू आर्थिक वर्ष ०८०/८१ मा जिल्लाका सबै १६ पालिकामा बेरुजु रकम रहेको गत बुधबार सार्वजनिक भएको महालेखा परीक्षकको ६२औँ प्रतिवेदनमा उल्लेख छ । महालेखाको प्रतिवेदनअनुसार जिल्लाको १६ वटा पालिकामा सबैभन्दा बढी बेरुजु आदर्श कोतवाल गाउँपालिकामा चार करोड ५१ लख ३७ हजार अर्थात् ६.९८ प्रतिशत रहेको छ । 

यस्तै, सबैभन्दा कम प्रसौनी गाउँपालिकामा ४० लाख ५० हजार अर्थात् ०.४५ प्रतिशत बेरुजु रहेको पाएको हो । बारामा दुई उपमहानगरपालिका, पाँच नगरपालिका र नाै गाउँपालिकामा गरी १६ वटा पालिका रहेका छन् ।

कुन पालिकामा कति छ महालेखाको बेरुजु ? 
जिल्लाको कलैया उपमहानगरपालिकामा लेखा परीक्षण भएकाे कुल रकममध्ये १३ करोड एक हजार अर्थात् ५.३९ प्रतिशत बेरुजु र जितपुरसिमरा उपमहानगरपालिकामा २५ करोड ५९ लाख ४१ हजार अर्थात् ६.१६ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, निजगढ नगरपालिकामा ११ करोड ५६ लाख १६ हजार अर्थात् ६.७१ प्रतिशत बेरुजु, कोल्हबी नगरपालिकामा तीन करोड ७६ लाख ६२ हजार अर्थात् ३.२८ प्रतिशत बेरुजु, पचरौता नगरपालिकामा एक करोड ६३ लाख ९६ हजार अर्थात् १.३५ प्रतिशत बेरुजु रहेको देखिन्छ । 

 सिम्रौनगढ नगरपालिकामा आठ करोड ८७ लाख ४७ हजार अर्थात् ६.७० प्रतिशत बेरुजु र महागढीमाई नगरपालिकामा ६ करोड ६३ लाख २२ हजार अर्थात् ३.९५ प्रतिशत बेरुजु रहेको महालेखाको प्रतिवेदनमा देखिन्छ । त्यस्तै, परवानीपुर गाउँपालिकामा परीक्षण भएकाे कुल रकममध्ये ५२ लाख ३५ हजार अर्थात् ०.६४ प्रतिशत, प्रसौनी गाउँपालिकामा ४० लाख ५० हजार अर्थात् ०.४५ प्रतिशत, आदर्शकोतवाल गाउँपालिकामा चार करोड ५१ लख ३७ हजार अर्थात् ६.९८ प्रतिशत, करैयामाई गाउँपालिकामा दुई करोड ४३ लाख ६० हजार अर्थात् २.४० प्रतिशत बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख रहेको छ ।

 देवताल गाउँपालिकामा एक करोड १७ लाख ३२ हजार अर्थात् १.४१ प्रतिशत, फेटा गाउँपालिकामा एक रोड ५० लाख ५० हजार अर्थात् २.२३ प्रतिशत, बारागढी गाउँपालिकामा दुई करोड ५६ लाख ९९ हजार अर्थात् २.८० प्रतिशत बेरुजु रहेको अवस्था छ ।  यस्तै, विश्रामपुर गाउँपालिकामा एक करोड ४७ लाख २१ हजार अर्थात् १.६६ प्रतिशत र सुवर्ण गाउँपालिकामा पाँच करोड ७३ लाख ४९ हजार अर्थात् ५.७८ प्रतिशत बेरुजु रहेको महालेखाको प्रतिवेदमा उल्लेख छ ।