
पर्सामा बुधबार बिहान एकजना युवकको चट्याङ लागेर मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । चट्याङ लागेर मृत्यु हुनेमा पर्सागढी नगरपालिका घर भई वीरगन्ज महानगरपालिका– ३२ मा बस्दै आएका १५ वर्षीय शिवशंकर माझी रहेको प्रहरीले जनाएको हो।
प्रहरीका अनुसार मंगलबार राति खाना खाएर घरमा सुतिरहेको अवस्थामा बुधबार ५ बजे बिहान माझीको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर मृत्यु भएका माझीको शव अहिले नारायणी अस्पतालमा पोस्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ ।