Skip This
मेची भन्सारबाट चिया निर्यात ४६ प्रतिशतले वृद्धि
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ७ बुधबार
  • Wednesday, 21 May, 2025
रासस झापा
२o८२ जेठ ७ बुधबार १९:४८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मेची भन्सारबाट चिया निर्यात ४६ प्रतिशतले वृद्धि

Read Time : < 1 मिनेट
रासस, झापा
नयाँ पत्रिका
२o८२ जेठ ७ बुधबार १९:४८:oo

मेची भन्सार कार्यालयबाट चालू आर्थिक वर्षको १० महिनामा चिया निर्यात ४६.१० प्रतिशतले वृद्धि भएको छ। कार्यालयको तथ्यांकअनुसार रु. तीन अर्ब ६८ करोड २२ लाख ४७ हजारबराबरको चिया निर्यात भएको छ।

चालू आवको १० महिनामा १३ हजार ८८६.७७ मेट्रिक टन चिया निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए। गत आव ०८०/८१ को सोही अवधिमा रु. दुई अर्ब ५२ करोड १० लाख १४ हजार बराबरको चिया निर्यात भएको थियो।

कार्यालयको तथ्यांकअनुसार चालू आवको वैशाख मसान्तसम्म अलैँची निर्यात ३.६० प्रतिशतले घटेको छ। चालू आवको दश महिनामा रु. ६ अर्ब ६६ करोड २५ लाख ४५ हजारबराबरको अलैँची निर्यात भएको छ। गत आव ०८०/८१ को सोही अवधिमा ६ अर्ब ९० करोड ९४ लाख ४८ हजारबराबरको अलैँची निर्यात भएको थियो।

भेनियर सिट ७९ प्रतिशत, फलामे पाता ७.७०, सिआरसिट ६२.२० प्रतिशत र मोलासिस निर्यात ८४४.३० प्रतिशतले वृद्धि भएको छ। यसैगरी, सिमेन्ट क्लिंकर ३.९० प्रतिशत, छुर्पी १६.२० प्रतिशत, अदुवा ५.४० प्रतिशत, अम्रिसो निर्यात १३ प्रतिशतले कमी आएको छ।

मेची भन्सारबाट चालू आवको १० महिनामा रु. २१ अर्ब ४५ करोड ९३ लाख २३ हजारको मालवस्तु निर्यात भएको छ।