Skip This
बागमतीमा बजेटको सिद्धान्त र प्राथमिकता पेस
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 21 May, 2025
कुन्दनराज काफ्ले, आर्थिक मामिलामन्त्री
Invalid date format o९:३२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बागमतीमा बजेटको सिद्धान्त र प्राथमिकता पेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:३२:oo
  • प्रदेशभित्र स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहन गर्ने, उत्पादकत्व वृद्धि र आर्थिक तथा सामाजिक पूर्वाधारको विकासमा जोड दिइएको छ ।

बागमती प्रदेश सभामा आगामी आर्थिक वर्ष ०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव पेस भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले मंगलबार बसेको प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष ०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गरेका हुन् । 

उक्त प्रस्तावलाई प्रदेश सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रस्तावमाथि बुधबार बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेस गर्दै मन्त्री काफ्लेले संविधानमा व्यवस्था भएका मौलिक हक, राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरू, प्रदेश सरकारको अधिकारका क्षेत्र र प्रदेश सरकारको दोस्रो आवधिक योजनाले लिएका सोच, लक्ष्य, रणनीति र प्राथमिकतालाई कार्यान्वयन गर्ने गरी प्रदेशको आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्ने बताएका छन् । 

लोक कल्याणकारी राज्य निर्माणका लागि सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागितामा सामाजिक न्यायसहितको दिगो आर्थिक विकास तथा असमानताको अन्त्य गर्ने, समाजवादउन्मुख, आत्मनिर्भर, उन्नतशील, स्वतन्त्र र समृद्ध अर्थतन्त्र निर्माण गर्नेतर्फ आगामी आर्थिक वर्षको बजेट निर्देशित हुने उनको भनाइ छ ।

लगानीलाई प्रोत्साहन गर्ने गरी बजेट तर्जुमा गर्ने, उत्पादकत्व वृद्धि र आर्थिक तथा सामाजिक पूर्वाधारको विकासमा निजी क्षेत्रको भूमिकालाई जोड दिइने विधेयकका सिद्धान्त रहेको मन्त्री काफ्लेले बताए ।