Skip This
आइपिएल–२०२५ : चेन्नईमाथि राजस्थान ६ विकेटले विजयी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ७ बुधबार
  • Wednesday, 21 May, 2025
२o८२ जेठ ७ बुधबार o६:५७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइपिएल–२०२५ : चेन्नईमाथि राजस्थान ६ विकेटले विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ७ बुधबार o६:५७:oo

राजस्थान रोयल्सले मंगलबार इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्समाथि ६ विकेटको सानदार जित निकालेको छ । पहिलो ब्याटिङ गरेको चेन्नईले २० ओभरमा आठ विकेट गुमाएर एक सय ८७ रन जोडेको थियो । राजस्थानले १७.१ ओभरमा चार विकेटको नोक्सानीमा एक सय ८८ रन बनाएको थियो । प्लेअफ दौडबाट बाहिरिसकेका यी दुई टोलीबिचको नतिजाले कुनै स्थान परिवर्तन भएन । राजस्थानले १४ खेलमा आठ अंक र चेन्नईले १३ खेलमा ६ अंक जोडेको छ । 

लक्ष्य पछ्याएको इनिङ्समा राजस्थानले पहिलो विकेटका लागि ३७ रन जोडेको थियो । यशस्वी जैसवाल र वैभव सूर्यवंशीले ३.४ ओभरमा आक्रामक ब्याटिङ गरेका थिए । राजस्थानले पहिलो विकेटका रूपमा जैसवाललाई गुमाएको थियो । कोमभोजको ओभरमा बोल्ड हुनुअघि जैसवालले १९ बलमा पाँच चौका र दुई छक्का प्रहार गरी ३६ रन बनाए । 

त्यसपछि वैभव र कप्तान सञ्जु सामसनबिच दोस्रो विकेटका लागि ९८ रनको साझेदारी भयो । दुवैले टोलीलाई १३५–२ को बलियो स्थितिमा राखे । सञ्जुले ३१ बलमा तीन चौका र दुई छक्का प्रहार गरी ४१ रनको योगदान दिए । 

वैभवको अर्धशतक
राजस्थानको जितमा वैभवले ३३ बलमा समान चार चौका र छक्का प्रहार गरी सर्वाधिक ५७ रनको योगदान दिए । धु्रव जुरेलले १२ बलमा तीन छक्का र दुई चौकाको सहयोगमा ३१ रन र सिमोनले पाँच बलमा १२ रनको नटआउट योगदान दिए । पहिलो ब्याटिङ गरेको चेन्नईले एकै ओभरमा दुई विकेट गुमाएर कमजोर सुरुवात गरेको थियो । युधवीर सिंहले आफ्नो पहिलो ओभरमै डेभेन कोन्वे र उभिल पटेलका विकेट लिएका थिए । उनले इनिङ्सको १.४ ओभरमा कोन्वे र १.६ ओभरमा पटेललाई क्रिजबाट हटाए । 

चेन्नईले दुई विकेट गुमाउँदा स्कोर बोर्डमा १२ रन जोडेको थियो । आयुष महात्रे र रविचन्द्रन आविश्वनसँग तेस्रो विकेटका लागि ५६ रनको साझेदारी गर्दै टोलीलाई ६८–३ को स्थितिमा राखे । 

चेन्नईले इनिङ्सको ७.४ ओभरमा ७८–५ को प्रदर्शन गरेको थियो । शिवम दुवे र डेबाल्ड ब्रेभिसले छैटौँ विकेटका लागि ५९ रनको साझेदारी गर्दै टोलीलाई १३७–६ को स्थितिमा राखे । डेबाल्डले २५ बलमा तीन छक्का र दुई चौका प्रहार गरी ४२ रन बनाए । दुवेले ३२ बलमा समान दुई चौका र छक्का प्रहार गरी ३९ रनको योगदान दिए । चेन्नईले १६ अतिरिक्त रन पाएको थियो । जसमा १२ वाइड रह्यो ।