
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले युवाकेन्द्रित संस्थालाई मिडिया साक्षरता तालिम दिएको छ।
नेपाली युवाहरूमा सञ्चारमाध्यम र सूचना साक्षरता वृद्धिको उद्देश्यले युथ इनोभेसन ल्याबसँगको सहकार्यमा २५ संस्थाका प्रतिनिधिलाई साक्षरता तालिम दिइएको हो। तथ्य जाँच, पारदर्शिता, डिजिटल दायित्वका क्षेत्रमा काम गरिरहेका युवाकेन्द्रित संस्थालाई तालिम दिइएको हो।
युनेस्कोका नेपाल प्रतिनिधि जेको डु टोएटले युवाहरू लोकतन्त्र र पारदर्शिताका प्रवर्द्धक रहेको बताउँदै विज्ञहरूको सहभागितामा उनीहरूलाई प्रभावकारी तालिमको आयोजना गरिएको बताए।
युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले युवाहरूमाझ आलोचनात्मक चेत विकास र तथ्य खपतसहित डिजिटल सीप विकासका लागि तालिम सहयोगी रहेको बताए।