१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 19 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:२१:oo
Read Time : > 1 मिनेट
समाचार

सेयर सदस्य नभएको व्यक्तिमाथि मुद्दा लागेको सांसद पन्थीको दाबी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:२१:oo

लुम्बिनी प्रदेशका प्रदेश सांसद विष्णुप्रसाद पन्थीले आफू गौतम बुद्ध हाइड्रोपावर लिमिटेडको सेयर सदस्य नभएको दाबी गर्दै हालै मिडियामा सार्वजनिक मुद्दासम्बन्धी समाचारहरू आफूलाई बदनाम गराउने नियतले आएको बताएका छन्। 

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सांसद पन्थीले १० असार ०७५ देखि नै उक्त हाइड्रोपावर कम्पनीसँग कुनै पनि किसिमको संलग्नता नराखेको दाबी गरेका छन्। 

तर, विराटनगरका श्याम राठी र पल्लवी इलेक्ट्रा प्रालिले कम्पनीविरुद्ध ११ चैत्र ०७५ मा मोरङ जिल्ला अदालतमा १३ लाख ५४ हजार रुपैयाँ असुलीको माग गर्दै दायर गरेको मुद्दामा आफूलाई समेत मुछिएको भन्दै आश्चर्य व्यक्त गरेका छन्। आफू १० असार ०७५ मै  गौतम बुद्ध हाइड्रोपावर लिमिटेडबाट बाहिरिएको पुष्टि उक्त कम्पनीको सेयर लागतबाट हुनेसमेत बताएका छन्। उनले कम्पनीमा सेयर सदस्य र सञ्चालक नभएको व्यक्तिलाई कसरी मुद्दा लाग्यो भन्दै प्रश्न गरेका छन्। 

पन्थीले उक्त मुद्दाबारे आफूलाई पहिला केही जानकारी नभएको, १३ मंसिर ०७७ मा एकतर्फी फैसला भइसकेको जानकारीसमेत २९ वैशाख ०८२ मा पाएको दाबी गरेका छन्।  

‘झनै दुःखद पक्ष यो हो कि मुद्दासँग कुनै सम्बन्ध नरहेको स्पष्ट हुँदाहुँदै मेरो नाम, ठेगाना र उमेरसमेत नमिल्ने तरिकाले प्रयोग गरी ममाथि पक्राउ आदेश लिइयो,’ सांसद पन्थीले भनेका छन्, ‘माथि गरिएको यस्ता भ्रामक सूचना विभिन्न सार्वजनिक मिडियामार्फत फैलाइएको छ, जसले मेरो व्यक्तिगत प्रतिष्ठा, सार्वजनिक जीवन र राजनीतिक मर्यादामा गम्भीर चोट पुगेको छ।’ 

विराटनगरका राठीले पल्लवी इलेक्ट्रा प्रालिको तर्फबाट २०७५ चैत्र ११ गते उक्त हाइड्रोपावर कम्पनीलाई प्रतिवादी बनाई १३ लाख ५४ हजार रुपैयाँ असुलीको मागसहित मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। फैसलापछि पन्थीविरुद्ध पक्राउ पुर्जी जारी भएको हालै समाचार आएको थियो। अहिले पन्थीले फैसलाअनुसार भुक्तानी गरिसकेका छन्।  

उनले श्याम राठी र उनको समूहमाथि योजनाबद्ध, आपराधिक षड्यन्त्र र चरित्र हत्या गर्ने नियतले काम गरेको आरोप लगाउँदै घटनाको तीव्र निन्दा र भर्त्सना गरेका छन्। ‘म पारदर्शिता, इमानदारी र उत्तरदायित्वमा आधारित राजनीतिमा विश्वास राख्छु। सो मुद्दा वा कम्पनीसँग मेरो कुनै सम्बन्ध छैन भन्ने तथ्यलाई जनताले बुझिदिनुहुनेछ भन्ने अपेक्षा राखेको छु,’ पन्थीले विज्ञप्तिमा उल्लेख गरेका छन्।